एक तथ्य– महिला इन्जिनियरले १० प्रतिशत पनि मेकअप गर्दैनन् - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

एक तथ्य– महिला इन्जिनियरले १० प्रतिशत पनि मेकअप गर्दैनन्

नेपालमा मात्र होइन विश्वमै पुरुष इन्जिनियरहरूको तुलनामा महिला इन्जिनियरको संख्या कम छ । प्रविधि र अन्य कुराको विकास जसरी भएको छ, त्यसको तुलनामा १० प्रतिशत मात्र महिला इन्जिनियरहरू सक्रिय छन् ।

तर, पछिल्लो समय महिला इन्जिनियरहरूको संख्या भने बढ्दो छ । महिला इन्जिनियर थोरै भए पनि उनीहरूको रोचक तथ्यको भने कमी छैन । यहाँ महिला इन्जिनियरबारे सार्वजनिक भएका केही रोचक तथ्यहरू उल्लेख गरिएको छ ।

१. महिला इन्जिनियरले १० प्रतिशत पनि मेकअप गर्दैनन् । त्यसैले उनीहरू पुरुष इन्जिनियरहरूको भीडमा सजिलै घुलमिल हुन सक्छन् ।

२. संख्या कम हुने भएकोले कलेजताका होस् या कामको क्षेत्रमा अधिकांश पुरुष इन्जिनियररूलाई महिला इन्जिनियरहरूको नाम थाहा हुन्छ ।

३. कलेज लाइफमा महिला इन्जिनियरहरूले लैंगिकतालाई खासै वास्ता गर्दैनन् । केटा होस् या केटी प्रायले एकअर्कालाई ‘ब्रो’ सम्बोधन गर्छन् । तर, केटीहरूले आफूसँग राम्रो व्यवहार गरिरहेका छन् भन्ने सोच्नु केटाहरूको भ्रम मात्र हो । किनकी केटी इन्जिनियरहरू जस्तालाई त्यस्तै व्यवहार गर्नमा खप्पिस हुन्छन् ।

४. जागिरमा जानुअघि अधिकांशले सोध्ने प्रश्न हुन्छ, ‘पुरुष सहकर्मीसँग फिल्डमा काम गर्न सकिन्छ ?’ उनीहरूको सधैको जवाफ हुन्छ, ‘मसँग त्यो क्षमता र अनुभव पहिलेदेखि नै छ’ ।

५. कुनै पनि कुरामा पविर्तन ल्याउन महिला इन्जिनियरसँग प्राय सीमित क्षमता मात्र हुन्छ ।

६. ठूल्ठूला परियोजनामा काम गर्दा महिलाको ताकत कति छ भन्ने कुरा प्रमाणित गराउन खोजिन्छ । हाई हिल या स्कर्टमै भए पनि बलभन्दा बुद्धि लगायर आफ्नो तागत प्रमाणित गर्न उनीहरू पछि हट्दैनन् ।

७. इन्जिनियरिङ क्षेत्रमा महिला हुनु भनेको निकै चुनौतीपूर्ण हुन्छ । राम्रो काम गरेर देखाउँदा ‘महिला भएर पनि उदाहरणीय काम गर्यो है’ भन्छन् भने, असफल हुँदा ‘इन्जिनियर बन्न महिला भएर हुन्न, इन्जिनियर बन्नुभन्दा घरपरिवार धाने हुन्छ’ जस्तो टिप्पणी आउँछ ।

८. पुरुष इन्जिनियरको तुलनामा महिला इन्जिनियरहरूले आफ्नो पेसा छिटो छोड्छन् ।

९. ८० प्रतिशत महिलामध्ये २० प्रतिशत महिलाले मात्र इन्जिनियरिङ करियरबारे सोच्छन् ।

१०. इन्जिनियरिङ क्षेत्रमा शैक्षिक डिग्री हासिल गर्ने पहिलो महिला इन्जिनियर ‘एडिथ क्लेर्क’ हुन् । उनले सन् १९१८ मा ‘म्यासेच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी’बाट इलेक्ट्रिकल इन्जिनियररिङ हासिल गरेकी थिइन् ।

Your Opnion

//