सिभिल इन्जिनियरिङ पेसाका लागि चाहिने १५ सीप - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Civil

सिभिल इन्जिनियरिङ पेसाका लागि चाहिने १५ सीप

  • जोयन्ना जम्बासNovember 8, 2020

सिभिल इन्जिनियरिङ एक रोचक तथा आकर्षक पेसा हो । यो पेसामा राम्रो पारिश्रमिक पाइने हुँदा युवाहरू यसप्रति आकर्षित हुन्छन् । सिभिल इन्जिनियर्सले गर्दा आज हामीले सडक, ड्याम, भवन, पुल आदि देख्न पाएका छौं । त्यसैले पनि सिभिल इन्जिनियरिङ अति नै महत्वपूर्ण छ । परिणाम स्वरूप सिभिल इन्जिनियरिङ इन्जिनियरिङ विद्यार्थीका लागि एक महत्वपूर्ण विधा हो ।

यदि कसैलाई सिभिल इन्जिनियर बन्ने चाहना भए निम्न गुण तथा सीप आवश्यक छ । जुन सीपबारे तल विस्तृत रूपमा चर्चा गरिएको छ ।

१. व्यवस्थापकीय सीप
तपाईं आफ्नो पेसामा प्रगति गर्दै जानुभयो भने प्रगतिसँगै जिम्मेवारी पनि बढ्दै जान्छ । अन्ततः म्यानेजरसम्म बन्नुहुन्छ । म्यानेजर (व्यवस्थापक) भइसकेपछि तपाईंमा व्यवस्थापकीय सीपको विकाससँगै नेतृत्व क्षमताको विकास पनि गर्नुपर्दछ । विभिन्न महत्वपूर्ण परियोजना कसरी व्यवस्थापन गर्ने भन्ने कुरा नेतृत्व क्षमताले निर्धारण गर्छ । समय र आर्थिक अभावमा समूहलाई कसरी प्रेरणा दिने अरूलाई पेसागत रूपमा कसरी आदर/सम्मान/सद्भाव गर्ने भन्ने कुरा पनि व्यवस्थापकीय सीपअन्तर्गत पर्दछन् ।

२. विश्लेषणात्मक सोच
एक राम्रो इन्जिनियरमा विश्लेषण गर्ने सक्ने क्षमता हुनुपर्छ । किनभने तिनीहरू जटिल समस्यालाई सुल्झाउन इच्छुक हुन्छन् ।

३. प्राविधिक सीप
एक दक्ष र सीपयुक्त सिभिल इन्जिनियरले जटिल इन्जिनियरिङ समस्यालाई समाधान गर्न गणित र भौतिकशास्त्रसँग परिचित हुन जरुरी छ । एउटा सानो गल्तीले ठूलो समस्या निम्त्याउन सक्छ । त्यसैले समस्या समाधान गर्न प्राविधिक ज्ञान हुन पनि आवश्यक छ ।

तिनीहरूमा विभिन्न डिजाइन गर्ने तरिका, नक्सा, चित्र, नमुना, ब्ल्युप्रिन्ट र ‘क्याड (सीएडी) सफ्टवेयर’ को सीप हुन पनि आवश्यक छ । उनीहरूमा भविष्यमा हुन सक्ने सम्भावित खतरा र समस्या समाधान गर्ने तरिका अनुमान गर्ने क्षमता पनि हुनुपर्छ ।

४. सञ्चार सीप
सञ्चार जुनसुकै पेसाका लागि चाहिने सीप हो । इन्जिनियरहरूले निर्माण व्यवसायी, आर्किटेक्ट, लगानीकर्ता र अन्य सरोकारवालाहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ । उनीहरूसँग कसरी बोल्ने र सम्झौता कसरी गर्ने भन्ने कुरा सञ्चार सीप भएमा मात्र गर्न सकिन्छ ।

५. आलोचनात्मक चेत
सिभिल इन्जिनियरहरूले विभिन्न चुनौतीपूर्ण समस्याहरूसँग जुध्नुपर्ने हुन्छ । तसर्थ, ती समस्यालाई कसरी समाधान गर्ने भनेर आलोचनात्मक सोच हुन जरुरी छ ।

६. नेतृत्व क्षमता
सिभिल इन्जिनियरले सर्वेक्षण, निर्माण व्यवस्थापक, प्राविधिक, ठेकेदार, आदिको भूमिका निर्वाह गर्दछ । तसर्थ, योजनालाई सही समय र बजेटमा सम्पन्न गर्न, समूहका सदस्यलाई नेतृत्व क्षमता हुन आवश्यक छ ।

७. सिर्जनात्मकता
सिभिल इन्जिनियरहरू सिर्जनात्मक हुन जरुरी छ । किनभने काम गर्ने क्रममा कहिलेकाहीँ नयाँ डिजाइन पनि आउन सक्छ । त्यसैले इन्जिनियरमा यो क्षमता हुन जरुरी छ ।

८. सम्झौता गर्ने सीप
एउटा सिभिल इन्जिनियरले विभिन्न परियोजनामा काम गर्नुपर्ने हुन्छ । काम गर्ने क्रममा द्वन्द्व सिर्जना हुन सक्छ । द्वन्द्व समाधान गर्न सम्झौता वा कुराकानी गर्न सक्ने सीप हुनु आवश्यक छ ।

९. विस्तृत विवरणमा ध्यान
विस्तृत विवरणमा ध्यान दिनु जुनसुकै पेसाका लागि आवश्यक सीप हो । हामीले प्रत्येक सुक्ष्म कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । त्यसमाथि इन्जिनियरले त झन् कुनै पनि परियोजनामा काम गर्दा सम्पन्न नभएसम्मका सम्पूर्ण विवरण ध्यानमा राख्नुपर्छ ।

१०. समय व्यवस्थापन
एक असल सिभिल इन्जिनियरले समय व्यवस्थापन गर्न सक्नुपर्छ । कुनै पनि योजना निश्चित समयमा पूरा गर्नुपर्ने हुन्छ । त्यसैले बजेटका आधारमा समय व्यवस्थापन गरिनुपर्छ । जसका लागि यो सीप हुन आवश्यक छ ।

११. समस्या समाधान
विभिन्न योजना तथा परियोजनाहरू सञ्चालन हुने क्रममा समस्या उत्पन्न हुने गर्छन् । ती समस्याहरू समाधान गर्न इन्जिनियरको क्षमता हुन जरुरी छ ।

१२. दृश्यांकन सीप
सिभिल इन्जिनियर हुन दृश्यांकन सीप एक प्रमुख सीप हो । यसमा चित्र, नक्सा र अन्य डिजाइन गर्नुपर्ने भएका कारण कल्पना गरेर चित्रांकन र नक्सांकन गर्नुपर्ने हुन्छ । त्यसैले कस्तो किसिमको नक्सा वा चित्र बनाउने भनेर सोच्नुपर्ने हुन्छ ।

१३. सामूहिक कार्य
फिओना डिक्सनका अनुसार टिम प्लेयर हुनु एक व्यक्तिगत गुण हो । कुनै पनि कार्य गर्न सामूहिकता आवश्यक हुन्छ । त्यसैले इन्जिनियरमा यो सीप अति आवश्यक छ ।

१४. सिकाइमा ध्यान
सिकाइ चलिरहने प्रक्रिया हो । यो जुनसुकै पेसामा उत्तिकै आवश्यक छ । कुनै पनि सिकाइले नयाँ विधिको विकास हुन्छ र ज्ञानको दायरा पनि बढ्छ । त्यसैले इन्जिनियरमा सिकाइको चाहना झनै बढी हुनुपर्छ । यसले झनै सिर्जनात्मक बनाउन मदत गर्छ ।

१५. उत्सुक र प्रतिबद्धता
यस क्षेत्रमा टिकिरहन प्रतिबद्ध हुन आवश्यक छ । यो क्षेत्रमा काम गर्न उत्साजनक र प्रतिबद्ध भई लाग्नुपर्छ न कि कसैको देखासिकी गरेर ।

माथि चर्चा गरिएका सीपहरूमध्ये केही सीप अनुभवद्वारा प्राप्त गर्न सकिन्छ । यस क्षेत्रमा लाग्न चाहने नवआगन्तुकहरूले सकेसम्म धेरैभन्दा धेरै सीपको विकास गर्नुपर्छ । जसले तपाईंको भविष्य सुनिश्चित हुन्छ ।

(लेखक सिभि स्पेसलिस्ट र करिअर एक्स्पर्ट)

Your Opnion

//