आईसिटी अवार्डअन्तर्गत चार विधाका उत्कृष्ट पाँचको घोषणा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Others

आईसिटी अवार्डअन्तर्गत चार विधाका उत्कृष्ट पाँचको घोषणा

सूचना प्रविधि क्षेत्रको आईसिटी अवार्डअन्तर्गत २०२० संस्करणको विभिन्‍न चार विधाका उत्कृष्ट पाँचको घोषणा भएको छ । भर्चुअल कार्यक्रममार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितीमा आयोजकले उत्कृष्ट पाँचको घोषणा गरेको हो। विभिन्‍न ११ विधामा आईसिटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो । अन्य विधाहरूमा विभिन्‍न चरणको छनोट प्रक्रिया जारी छ ।

१४ जनाको जुरी समितिले तेस्रो चरणको छनोट प्रक्रियाबाट स्टार्टअप आईसिटी अवार्ड, प्रडक्ट आईसिटी अवार्ड, इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसिटी अवार्डको छनोट गरेको हो ।
बिजहब आईटी सर्भिसेस प्रालि, क्रिप्टोजेन नेपाल प्रालि, जेनियस सिस्टम प्रालि, जिवी हेल्थ प्रालि र नेपमेड्स प्रालि उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । यसैगरी प्रडक्ट आईसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सीपीएसडीएस, फ्युजक्लासरूम, जेनियस आईपी टिभी, जिवी र न्यानो नानी रहेका छन् ।

इनोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स अवार्डअन्तर्गत उत्कृष्ट पाँच मा पर्न सफल इनोभेसनहरुमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिभर रहेका छन् । राइजिङ् स्टुडेन्ट आईसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट पाँच प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

विभिन्न चार विधाहरूमा अवार्डमा प्राप्त नोमिनशेनहरूबाट पहिलो चरणमा सर्टलिस्ट गरिएको थियो । त्यसपश्चात् १४ जना जुरी समितले उत्कृष्ट १२ को छनौट गरेको थियो । उत्कृष्ट १२ ले जुरी समक्ष भर्चुअल माध्यमबाट प्रिजेन्टेशन तथा स्पिड डेटिङमा भाग लिएका थिए । यस वर्ष भर्चुअल माध्यमबाट स्पिड डेटिङ सञ्चालन गरिएको थियो, जुन नेपालमै सम्भवतः नौलो प्रयोग हो । यस वर्ष सबै विधाहरूमा राम्रा प्रतिस्पर्धीहरू रहेको र छनोट प्रक्रिया समेत वैज्ञानिक र प्रविधिमैत्री रहेको जुरी संयोजक सुशील पोखरेलले बताए ।

विभिन्न चार विधाहरूको उत्कृष्ट पाँच मा पर्न सफलहरूले अब पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । कार्तिक १२ गते बुधबाररदेखि पब्लिक भोटिङ सञ्चालन हुनेछ । एसएमएस, ईमेलसँगै पेमेन्ट पार्टनर ईसेवा मार्फत पनि भोट गर्न सकिनेछ ।

Your Opnion

//