पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ संक्रमित थपिए, १२ जनाको मृत्यु - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ संक्रमित थपिए, १२ जनाको मृत्यु

  • इन्जिनियर्स पोस्टOctober 18, 2020

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ९ सय ४२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १२ लाख ८३ हजार ३ सय ५४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र आइतबार १ हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्र १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरका १ सय ३० संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३ सय ३३ रहेका छन् भने होम आइसोलेशनमा २६ हजार ४ सय ८ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८ सय ३१ जना छन्।

आइतबार २ हजार ३ सय २६ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ। ्मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।

यस्तै, ५ सय बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौं, भक्तपुर, चितवन, दाङ, बाँके, कास्की, रुपन्देही हुन् भने अहिलेसम्म ७७ जिल्लामध्ये मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन ।

मन्त्रालयका अनुसार अहिले आईसीयू ३ सय १ र भेन्टिलेटर ६६ जनाको उपचार भइरहेको छ ।

Your Opnion

//